जोडिनुहोस
  • होमपेज
  • नेपाली सांसदहरुको टोलीले भेट्यो भारतीय विदेशमन्त्री जयशंकर

नेपाली सांसदहरुको टोलीले भेट्यो भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री डा. एश जयशंकरसँग भेटवार्ता गरेको छ ।

प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको नेपाली सांसदहरुको प्रतिनिधिमण्डलसँग भारतीय विदेशमन्त्री जयशंकरले भेट गरेका हुन् ।

सो भेटमा दुई देशबीच साझेदारीलाई प्रगाढ बनाउनेबारे छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले जनाएका छन् । नेपाली प्रतिनिधिहरुले पनि भारतसँगको सम्बन्ध र सहकार्य बलियो बनाउने आफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका