जोडिनुहोस
  • होमपेज
  • सुक्खा पहिरोका कारण खाँदबारी–किमाथाङ्का सडक खण्ड अवरुद्ध, एक जना घाइते

सुक्खा पहिरोका कारण खाँदबारी–किमाथाङ्का सडक खण्ड अवरुद्ध, एक जना घाइते

कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको खाँदबारी – किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध भएको छ । मकालु(३ हेदाङ्नामा रहेको नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि सडक खण्ड अवरुद्ध भएको हो । पहिरोमा परेर एक्स्काभेटर पुरिँदा सहचालक रामेछाप घर भएका सकिन केसी घाइते हुनुभएको कोशी राजमार्ग उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो । उहाँको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएपछि भोटखोलाबाट खाँदबारी आउने गाडी र यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको इञ्जिनियर कोइरालाले जानकारी दिनुभयो । यो क्षेत्रमा सडक स्तरोन्नतिको काम भइरहेकाले समयसमयमा सुक्खा पहिरो खस्ने र भोटखोला सडकखण्ड अवरुद्ध हुने समस्या भइरहेको स्थानीयले बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका