जोडिनुहोस
  • होमपेज
  • हालाण्डको ह्याट्रिकमा सिटी सेमिफाइनलमा

हालाण्डको ह्याट्रिकमा सिटी सेमिफाइनलमा

काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । च्याम्पियनसिप क्लब बर्नलीलाई शनिबार राति ६-० गोल अन्तरले हराउँदै सिटीले अन्तिम चारको यात्रा तय गरेको हो ।

सिटीको फराकिलो जितमा अर्लिङ हालाण्डले ह्याट्रिक गरे । जुलियन अल्भारेजले दुई गोल गर्दा कोल पाल्मेरले एक गोल थपे । खेलको ३२ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए ।

३५ औं मिनेटमा हालाण्डले ब्यतिगत दोस्रो गोल गर्दा सिटी २-० ले अघि रह्यो । खेलको ५९ औं मिनेटमा हालाण्डले ह्याट्रिक पूरा गर्दा सिटीको अग्रता तेब्बर बन्यो ।

हालाण्डले पाँच दिन भित्र दोस्रो ह्याट्रिक गरेका हुन् । उनले च्याम्पियन्स लिग अन्तर्गत आरबी लाइपजिगविरुद्ध यसै हप्ता ह्याट्रिक गरेका थिए ।

खेलको ६२ औं मिनेटमा अल्भारेजले गोल गर्दा सिटीको अग्रता ४-० को बन्यो । पाल्मेरले ६८ औं मिनेटमा गोल गर्दा सिटीले ५-० को अग्रता बनायो ।

त्यसपछि खेलको ७३ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ६-० को जित हात पारेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका