जोडिनुहोस
  • होमपेज
  •  विश्वनिकेतन माध्यमिक विद्यालयले मनायाे ७८ औं वार्षिकोत्सव

 विश्वनिकेतन माध्यमिक विद्यालयले  मनायाे ७८ औं वार्षिकोत्सव
काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरि ७८ औं वार्षिकोत्सव मनाएको छ।

काठमाडौं महानगरपालिका वडा नं ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले विश्व निकेतनलाई अझै धेरै विद्यार्थीको आकर्षणको केन्द्र बनाउन सबैले सहयोग गर्नुपर्ने भन्दै सिमित स्रोत र साधनका बाबजुद पनि विद्यालयले उत्कृष्ट शिक्षा प्रदान गर्न सफल भएकोमा धन्यवाद ब्यक्त गरे ।

नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने विश्वनिकेतन माध्यमिक विद्यालयको मुखपत्र विश्व उद्यानको विमोचन गरि सुरू भएकाे वार्षिकोत्सव कार्यक्रममा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी तथा विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ। विद्यार्थीहरू द्वारा प्रस्तुत बिभिन्न सांस्कृतिक कार्यक्रमले उपस्थित सबैलाइ भरपुर मनाेरञ्जन दिएकाे थियाे ।
विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले सबै शिक्षक, कर्मचारी,अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको सहयोगका कारण विद्यालय अहिलेको अवस्थामा आइपुगेको बताए ।
कार्यक्रमा काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालयका पुर्व प्रअहरु,  विद्यालय व्यवस्थापन समितिका वर्तमान तथा पूर्व पदाधिकारी, शिक्षक अभिभावक संघका सदस्य, शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्व विद्यार्थी लगायतको उपस्थिति रहेकाे थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका