जोडिनुहोस
  • होमपेज
  • आजको मौसमः कुन प्रदेशमा कस्तो रहला, कहाँ कहाँ छ हिमपातको सम्भावना ?

आजको मौसमः कुन प्रदेशमा कस्तो रहला, कहाँ कहाँ छ हिमपातको सम्भावना ?

काठमाडौँ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । तराई–मधेश क्षेत्रका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमपात, हुस्सु र कुहिरोका कारण चिसो बढ्ने भएकाले यसबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

यस्तै, तराई क्षेत्रमा हुस्सु लाग्ने हुँदा सवारी चलाउँदा सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका