जोडिनुहोस
  • होमपेज
  • इजरायलले गर्‍यो उत्तरी गाजामा फेरि आक्रमण

इजरायलले गर्‍यो उत्तरी गाजामा फेरि आक्रमण

गाजापट्टी । युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बिच इजरायलले सोमबारबाट उत्तरी गाजापट्टीमा फेरि युद्ध सुरु गरेको छ । इजरायली सेनाहरू पहिले सञ्चालन गरिएका क्षेत्रहरूमा फर्किएका हुन् । गाजानिवासी फरिद महमूदले आफ्नो परिवारमा आठ जना सदस्य रहेको र खाजा खाइरहेको बेलामा क्षेप्यास्त्र प्रहार भएको बताए ।

महमूदले क्षेप्यास्त्र प्रहारमा केही बालबालिकाको मृत्यु भएको बताए । उहाँले आक्रमणमा आफ्नो सन्तान पनि परेकाले अवशेष खोजिरहेको बताए ।

इजरायलले यस क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेपछि विगत केही हप्तादेखि पट्टीको उत्तरी भागमा भएका आक्रमणमा कमी आएको थियो । गाजामा हालसम्म इजरायली आक्रमणबाट कम्तीमा २७ हजार ४७८ प्यालेस्टाइनी मारिएको बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका