जोडिनुहोस
  • होमपेज
  • रूसी विपक्षी नेता नभाल्नीको मृत्युबारे छानबिन गर्न राष्ट्रसङ्घ र विश्वका नेताहरूको आग्रह

रूसी विपक्षी नेता नभाल्नीको मृत्युबारे छानबिन गर्न राष्ट्रसङ्घ र विश्वका नेताहरूको आग्रह

रूसमा पुटिन प्रशासनको प्रखर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा मृत्यु भएपछि संयुक्त राष्ट्रसङ्घ र विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूले घटनाको छानबिन गर्न आग्रह गरेका छन् । रूसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले शुक्रबार जनाएको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘हिरासतमा भएको भनिएको नभाल्नीको मृत्युको परिस्थितिबारे पूर्ण विश्वसनीय तथा पारदर्शी छानबिन’ हुनुपर्ने माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ताले नभाल्नीको मृत्युबाट महासचिव स्तब्ध भएको बताएका छन् ।

एलेक्सीको नभाल्नीको मृत्युको विवरणले राष्ट्रसङ्घका महासचिव गुटेर्रेस ‘स्तब्ध भएको’ उनका प्रवक्ताले बताए । यसैगरी राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले स्वतन्त्र निकायमार्फत् घटनाको छानबिन हुनुपर्ने माग गरेको छ । ‘बिनाकारण जस्तो देखिएको’ नभाल्नीको कारावासबारे पनि आफूले बारम्बार कुरा उठाएको कार्यालयले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पनि घटनाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको दाबी गर्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका