जोडिनुहोस
  • होमपेज
  • राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ  मुख्यमन्त्री कार्की

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ  मुख्यमन्त्री कार्की

मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । अग्रसेन भवन बिर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्य शिश र अखण्ड ज्योति ल्याउने समूहको बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले व्यापारी सरकारको साझेदार नभई अंग भएको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले विदेशमा महँगो मूल्यमा श्रम बेच्ने श्रमिकमाथि अ‍ौँलो उठाउने र अवहेलना गर्ने काम भइरहेको प्रति आपत्ति जनाएका थिए । नेताहरूले भोटको राजनीतिमा लागेर श्रमिकलाई अपमान गर्ने भाषण तत्काल बन्द गर्नुको विकल्प नभएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । जसले जहाँ बढी मूल्य पाउँछ त्यहाँ गएर श्रम बेच्ने उहाँहरूको अधिकार भएको सबैले बुझ्नु आवश्यक रहेको उनले बताएका हुन् ।

युवा जनशक्ति पलायन भयो, उत्पादनमा ह्रास भयो भन्नेहरूले धान उत्पादन बढेको नहेर्ने नेताहरूबाट समाजिक परिवर्तन नहुने सबैले बुझ्नु आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताएका हुन् । भक्तहरूको समर्पण भएको ठाउँमा भगवानको वास भएको बुझने समाजमा श्रमप्रति समर्पित श्रमिकको भावनालाई अपमानित हुँदा भगवानको अपमान भएको बुझ्नु आवश्यक रहेको उनको भनाइ थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका