जोडिनुहोस
  • होमपेज
  • नामिबियासँग फेरि हार्‍यो नेपाल

नामिबियासँग फेरि हार्‍यो नेपाल

आईसीसी विश्वकप क्रिकेट लिग- २ को तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ३९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । नामिबियाको जितमा कप्तान ग्रिर्हाड इरासमूसलाई ५२ रन बनाए । नेपालका कुशल भुर्तेलले तीन विकेट लिए । कुशल मल्ल, रोहीत पौडेल, ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले ३७।१ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए । नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि इटनले समान ४(४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक-एक विकेट लिए । यसअघि लिग-२ को पहिलो खेलमा पनि नेपाल घरेलु मैदानमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेदरल्याण्डमाथि नेपालले सानदार जित निकालेको थियो । नामिबिया भने नेदरल्याण्डसँग पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका