जोडिनुहोस
  • होमपेज
  • सल्यानमा चट्याङ लागेर चारजना घाइते

सल्यानमा चट्याङ लागेर चारजना घाइते

सल्यान – शारदा नगरपालिकामा चट्याङ लागेर चारजना घाइते भएका छन्। बुधबार साँझ शारदा नगरपालिका १३ स्यानीखाल तिर्थपोलेका देवीलाल बस्नेत र टिकाराम बस्नेतको घरनजिकै चट्याङ पर्दा चारजना घाइते भएका हुन् ।

स्थानीय जानकी बस्नेत, सुशीला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत घाइते भएको शारदा–१३ का वडाध्यक्ष जंगबहादुर बुढाले जानकारी दिए। जानकी र सुनिलको अवस्था गम्भीर छ भने दुईजनाको अवस्था सामान्य छ । घाइतेलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका