जोडिनुहोस
  • होमपेज
  • एमालेप्रति मन्त्री गुरुङको कटाक्ष : भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन

एमालेप्रति मन्त्री गुरुङको कटाक्ष : भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गरेका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति लक्षित गर्दै भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताए । उनले एमाले सत्तामा जानका लागि भोकाइरहेको बताए ।

गुरुङले वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरु खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको बताए । अहिले हामीले पदको माया र जनता भन्दा नेपाली जनताको माया र ममतामा ध्यान दिएका छौँ । अहिले गठबन्धनको सरकार ढल्छ भन्ने पनि सुनिएको छ, यो बजारमा हल्ला चलेको सुन्छु । श्रद्धेय पार्टी सभापतिको भरोसा यही गठबन्धनलाई अघि बढाउने कुरा छँदैछ’ मन्त्री गुरुङले भने, ‘ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो । हामी ठिक मिसनमा छौँ । ठिक ढंगमा छौँ ।’

उनले सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने बताए । ‘हाम्रो पार्टीका श्रद्धेय सभापतिज्युकै पहलमा बनेको मौजुदा सरकारले भ्रष्टाचारका ठूला काण्डहरुको निष्पक्ष छानबिन गरी मुलुकलाई शुसासन दिने काममा लागेको छ । हामी नेपाली जनतालाई भ्रष्टाचारको भुङ्ग्रोबाट निकाल्ने काममा लाग्नेछ, यो नै गठबन्धन सरकारको ध्येय हो’ मन्त्री गुरुङले भने, ‘एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गरी हामी सुशासन दिनेछौँ । तब मात्रै विकास निर्माण हुनेछ । विकास निर्माणको कुरा गर्ने तर त्यो बीचमा भ्रष्टाचारले भ्वाङ पारिहाल्ने जुन प्रवृत्ति छ यसलाई रोक्न अहिलेको सरकार लागेको छ । विकासको लक्ष्य हाम्रो धेरै टाढा छ । हाम्रो काम सुशासन ल्याउनु हो ।’

मन्त्री गुरुङले नेपाली राजनीतिमा लामो समयदेखि निराशाको बादल मडारिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका