जोडिनुहोस
  • होमपेज
  • मोबाइलबाट पानस बालेर केपी ओली कपको उद्घाटन

मोबाइलबाट पानस बालेर केपी ओली कपको उद्घाटन

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन गरेकी छिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पूर्वराष्ट्रपति भण्डारीले मोबाइलबाट पानस बालेर केपी प्रतियोगिताको उद्घाटन गरिन् । त्यस्तै उद्घाटन समारोहमा केपी ओली कप लेखिएको व्यानर ड्रोनको सहायतामा उडाइएको थियो । प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी र शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

युवा संघ नेपालले आयोजना गरेको र फागुन १९ सम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित १० टोली सहभागी छन् । दुई भारतीय क्लब दिल्ली एफसी र मानेभञ्ज्याङले पनि यस पटक केपी ओली कप खेल्दैछन् । चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार, जावलाखेल युथ क्लब, नेपाल पुलिस, साविक विजेता मछिन्द्र फुटबल क्लब, एनआरटी, भारतका दिल्ली एफसी र मानेभञ्ज्याङ एफसी तथा आयोजकको केपी ओली एफसी छन् । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका