जोडिनुहोस
  • होमपेज
  • मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेको तीन दिन

मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेको तीन दिन

नेकपा एमालेले आफूहरूले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय दिएको छ । प्रमुख प्रतिपक्षी समेत रहेको एमालेले शुक्रवार संसद् बैठकमा बोल्दै ३ दिनमा आफूहरूले उठाएका मागको सम्बोधन गर्नुपर्ने बतायो । अवरोधका कारण स्थगित भएको संसद्को दोस्रो बैठकमा विशेष समय लिएर बोलेका एमाले सचेतक महेश बर्तौलाले ६ फागुनको बैठकदेखि प्रतिपक्षी दलहरूले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । विपक्षी दलहरूले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा माग गरेको छ । एमाले सचेतक बर्तौलाले संसद्को आगामी बैठकमा मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका