जोडिनुहोस
  • होमपेज
  • डलरको तरलता अभावका कारण पाकिस्तानका दूतावासका कर्मचारी नियमित तलबबाट बञ्चित

डलरको तरलता अभावका कारण पाकिस्तानका दूतावासका कर्मचारी नियमित तलबबाट बञ्चित

इस्लामावाद— पाकिस्तानको अर्थ मन्त्रालयले देशमा डलरको तरलता संकटका कारण केही कूटनीतिक नियोगहरूमा कार्यरत कर्मचारीहरूको तलब भुक्तानी गर्न नसकेको द न्यूज इन्टरनेशनल अखबारले उल्लेख गरेको छ।

अमेरिका र हङकङमा कार्यरत प्रेस सहचारीहरू र सिङ्गापुरमा खटिएका प्रेस काउन्सिलरहरू जुन महिनादेखि तलब पाउन सकेका छैनन् ।

पाकिस्तानको अर्थ मन्त्रालयले देशको विदेशी मुद्राको सञ्चिती नभइसकेको बताएको छ । त्यसैले चालु महिनाको पनि तलब दिन सकेको छैन । यसले वासिङ्टन, हङकङ र सिङ्गापुरका अत्याधिक महँगो सहरमा काम गर्ने अधिकारीहरूले चार महिनासम्म तलब नलिई बस्नु पर्ने देखिन्छ।

गत आर्थिक वर्ष २०२२—२३ मा पनि यो समस्या देखिएको थियो तर तत्कालीन अर्थमन्त्री इशाक दारले मन्त्रिपरिषद्को आर्थिक समन्वय समिति (ईसीसी)मा कर्मचारीका लागि पूरक अनुदान तथा प्राविधिक पूरक अनुदानमार्फत तलबको व्यवस्था गर्न स्वीकृत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका