जोडिनुहोस
  • होमपेज
  • नवलपरासीको सुस्ताबाट झन्डै २ हजार बोरा चिनी, केराउ र प्याज बरामद

नवलपरासीको सुस्ताबाट झन्डै २ हजार बोरा चिनी, केराउ र प्याज बरामद

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका– १ बरुवाबाट झन्डै दुई हजार बोरा चिनी, केराउ र प्याज बरामद भएको छ । भारतबाट अवैधरूपमा ल्याई गोदाममा राखिएको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर–२६ गण पश्चिम नवलपरासीले चिनी र केराउ बरामद गरेको हो ।

स्थानीय श्याम भनिने ज्ञानु अर्यालको घर पछाडि गोदाममा लुकाइराखेको ५० र ३० किलोको बोरामा रहेको दुई सय बोराभन्दा धेरै चिनी र एक हजार सात सय बोराभन्दा धेरै केराउ रहेको सशस्त्र प्रहरीले जनाएको छ । अवैध चिनी र केराउको बजार मूल्य ४५ लाख रुपैयाँभन्दा धेरै रहेको अनुमान गरिएको छ । साथै चिनी र केराउ अवैध भण्डा रण गरी नक्कली कागजपत्र बनाएर देशका विभिन्न ठाउँमा वितरण गर्ने गरेको आशङ्का छ ।

यस्तै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ वनकट्टीबाट ६७ बोरा प्याज पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । यो पनि भारतबाट अवैधरूपमा ल्याएर घरमा लुकाइछिपाइ राखिएको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । ५० किलोको बोरामा रहेको बरामद प्याजसहित चिनी, केराउ आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाउने प्रक्रियामा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका