जोडिनुहोस
  • होमपेज
  • पशुपति क्षेत्र विकास कोषका १ सय भन्दा धेरै सल्लाहकार खारेज

पशुपति क्षेत्र विकास कोषका १ सय भन्दा धेरै सल्लाहकार खारेज

पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकारहरु खारेज गरिएको छ । कोषको बुधबार बसेको कोषको परिषद बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ । बैठकले विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय गरेको बताइएको छ । राज संस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका १ सय बढी सल्लाहकार खारेज गरिको विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ । परिषद् बैठकले पशुपति क्षेत्र परिषद्‍मा मदिरा बिक्री वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ । बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्मान गर्ने समेत निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका