जोडिनुहोस
  • होमपेज
  • काठमाण्डौ महानगरले फोहोर सङ्कलनमा रोक लगाएका अस्पतालको सङ्ख्या १० पुग्यो

काठमाण्डौ महानगरले फोहोर सङ्कलनमा रोक लगाएका अस्पतालको सङ्ख्या १० पुग्यो

काठमाण्डौ महानगरपालिकाले फोहोर सङ्कलनमा रोक लगाएका अस्पतालहरूको सङ्ख्या १० वटा पुगेको छ । काठमाण्डौ–१३ मा रहेको कालीमाटी चेस्ट अस्पताल र वडा नम्बर १२ को बुद्धमाई अस्पतालको फोहोर सङ्कलनमा रोक लगाएसँगै यस्ता अस्पतालहरूको सङ्ख्या १० पुगेको हो । यसअघि महाराजगञ्ज–बसुन्धरा–सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, बीपी स्मृति अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, चावहिलको ओम र दीर्घायु गुरु अस्पताल, कलङ्कीको शहीद मेमोरियल र नेपाल नेशनल अस्पताल, महाराजगञ्जको कान्ति बाल अस्पतालको फोहोर सङ्कलन रोकिएको छ ।

महानगरले सङ्क्रमित फोहोर निःसङ्क्रमण नगरिएका अस्पतालहरूको फोहोर सङ्कलनमा रोक लगाउँदै आएको छ । महानगरकी उपमेयर एवम् अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलले एक ठाउँको गल्तीले वातावरण र मानव स्वास्थ्यका क्षेत्रमा गम्भीर सङ्कट आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्रुटि देखिएका अस्पतालहरूको फोहोर सङ्कलनमा रोक लगाएको बताउनुभयो ।

महानगरले अहिलेसम्ममा ३० वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन गरिसकेको छ । फोहोर वर्गीकरण गर्ने बाल्टिनहरूको रङ्ग सङ्केत नमिल्नु, स्रोतमा फोहोर वर्गीकरण नगर्नु, बाल्टिनको फोहोर सुरक्षित ढुवानी र भण्डारण नहुनु, सङ्क्रमित फोहोर निर्मलीकरण गर्नुअघि नै वर्गीकरण गर्नु, फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु लगायत अस्पतालहरूमा देखिएका समान समस्या हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका