जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको लागि छुटेको बस जुरौनीमा दुर्घटना, तीन जना घाइते

काठमाडौंको लागि छुटेको बस जुरौनीमा दुर्घटना, तीन जना घाइते

दाङ।दाङबाट काठमाडौंको लागि छुटेको ०९७४ नम्बरको ब्लयु स्काइ बस गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा दुर्घटना भएको छ। दाङको तुलसीपुरबाट काठमाडौंको लागि छुटेको बस मंगलवार राती करिब ९ः४० बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिइन ।

बस अनियन्त्रित भई सडक भन्दा ५ मिटर दायाँ गई सालको रुखमा ठोक्किंदा दुर्घटना भएको प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते तीन जनाको उपचार भैरहेको र अवस्था सामान्य रहेको छ ।

घाईते हुनेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने बर्ष २१ की आस्था पौडेलको दुबै हात, छाती र टाउकोमा चोट लागेको छ ।

त्यसैगरी बसमा सवार दाङ तुलसीपुर उपमहानगरपालिका बस्ने बर्ष २२ क बाबुराम लामीछानेको दुबैहात र दुबै खुट्टामा चोट लागेको छ। बसमा सवार लमही नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४८ की बबिता शाहीको ढाडमा चोटलागेको र अवस्था सामान्य रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका