जोडिनुहोस
  • होमपेज
  • अन्तिम समयमा बढ्यो सेयर बजार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

अन्तिम समयमा बढ्यो सेयर बजार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

अघिल्ला ३ कारोबार दिनसम्म लगातार झरेको सेयर बजार सोमबार भने अन्तिम समयमा बढेर बन्द भएको छ । यस दिन अन्तिम ४० मिनेटपछि बजार सम्हालिएको हो । अघिल्लो दिन २०७० अंकमा बन्द भएको सेयर बजार सोमबार २ स् २० बजे २०६० अंकसम्म झरेको थियो । त्यसपछिको ४० मिनेटमा बजार ३ अंक बढेर २०७३ अंकमा बन्द भयो । अघिल्लो दिनको तुलनामा सामान्य अंकले बजार बढ्दा कारोबार रकम भने खुम्चिएको छ ।

आइतबार ३ अर्ब ३८ करोडको कारोबार भएकोमा सोमबार २ अर्ब ८८ करोडमा खुम्चियो । कुल १४८ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने १० को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै १।३ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स समूह १ प्रतिशत बढ्यो ।

तीबाहेकका समूह सामान्य दरले घटबढ भए । बैंकिङ ०।३७, लगानी ०।३५, उत्पादन ५७ तथा निर्जीवन बीमा ११ अंक घटे । ब्यापार १४, अन्य ६, माइक्रोफाइनान्स २४, जीवन बीमा ६, हाइड्रोपावर ४, होटल तथा पर्यटन ४७, फाइनान्स २० र विकास बैंक समूह ५२ अंक बढे । गोर्खाज फाइनान्स, सप्तकोशी विकास बैंक, पिपुल्स पावर, धौलागिरि लघुवित्त र पिपुल्स हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

मानुसी लघुवित्तको ५, एनएमबी बैंकको २।७, सिंगटी हाइड्रोको २।४, माण्डु हाइड्रोको २।३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका