जोडिनुहोस
  • होमपेज
  • सर्लाहीमा सवारी दुर्घटना ट्रक चालकको मृत्यु, १० घाईते

सर्लाहीमा सवारी दुर्घटना ट्रक चालकको मृत्यु, १० घाईते

सर्लाही। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।

नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र ना ४ ख ३२४ नम्वरको बस ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ११ जनामध्ये ट्रकका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, बस्ने ४२ वर्षीय तोङश्री बहादुर गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

गोलेको उपचारका क्रममा गएराति नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको लालबन्दीका इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिए ।

दुर्घटनाका अन्य १० घाइतेको नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका ट्रक र बस इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको इन्स्पेक्टर केसीले बताएका छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका