जोडिनुहोस
  • होमपेज
  • सुन प्रकरणमा पक्राउ परेका महराले सीआईबीलाई दिए बयान

सुन प्रकरणमा पक्राउ परेका महराले सीआईबीलाई दिए बयान

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सँग बयान लिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालयमा पुगेका थिए । बयान सकेर महरा फेरी अस्पताल फर्किएको स्रोतले जनाएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरालाई अस्पताल भर्ना गरिएको छ । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई अस्पताल भर्ना गरिएको हो । जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । तर, महरा अस्वस्थ भएकाले अस्पतालमा नै राखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका