जोडिनुहोस
  • होमपेज
  • अदानचुलीमा सवारी दुर्घटना ; दुई जनाको मृत्यु, पाँच घाइते

अदानचुलीमा सवारी दुर्घटना ; दुई जनाको मृत्यु, पाँच घाइते

हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए। सु प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । उनकाअनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ । दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?