जोडिनुहोस
  • होमपेज
  • नेपाल– भारत साँस्कृतिक सम्बन्ध मनाउन होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य

नेपाल– भारत साँस्कृतिक सम्बन्ध मनाउन होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य

पोखरा । नेपाल र भारतको समृद्ध साँस्कृतिक सम्पदा मनाउन होलीको पूर्वसन्ध्यामा पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गर्दै एक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

भारतीय दूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि थिए । मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबीच धेरै साँस्कृतिक समानता रहेको र यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको उल्लेख गरे ।

WhatsApp Image 2024-03-23 at 9.07.10 PM (2).jpeg

भारतीय दूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो साँस्कृतिक सम्बन्ध बारे बताउदै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गरे।

कार्यक्रममा गण्डकी प्रदेश सरकार र कास्की स्थानीय सरकारका विशिष्ट व्यक्तिको समेत उपस्थिति रहेको थियो । श्रितकमला, सखी हे, दशावतार र वसन्त बहार स् वसन्तको रंग प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्यमार्फत कार्यक्रममा देखाइएको थियो । लाखे नृत्यसँगै नेपाली लोक नृत्यको नेतृत्व निश्कल उदासले गरेका थिए। उनलाई सङ्गीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिएका थिए।

बाराही घाट लेकसाइड पोखरामा आयोजित कार्यक्रममा पाँच सयभन्दा बढी मानिसको उपस्थिति थियो । काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले ९ चैत ०८० मा काठमाडौंमा आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो । यस कार्यक्रमपश्चात टोलीले ११ चैतमा लुम्बिनी, १३ चैतमा वीरगन्ज र १४ चैतमा धरानमा प्रस्तुति दिने कार्यक्रम रहेको छ।

WhatsApp Image 2024-03-23 at 9.07.10 PM.jpeg

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका