जोडिनुहोस
  • होमपेज
  • प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, केही जहाज आकाशमा फन्को लगाउँदै

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, केही जहाज आकाशमा फन्को लगाउँदै

प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ुभिजिबिलिटीु कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटीु कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार एअर चाइनाको जहाज डाइभर्ट भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाइरहेका छन् अर्थात् होल्ड भएका छन् । होल्डमा रहेका केही अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन् । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।

यसैबीच पश्चिमी वायुको प्रभावले बाग्मती, कोशी र गण्डकी प्रदेशमा निरन्तर पानी परिरहेको छ । देशभर बदलीसँगै केही दिन पानी पर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका