जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बृद्धाको मृत्यु भएको छ ।

शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती बृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो ।

उनको गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ घर भई हाल कालीमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो ।

सडकमा पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका