जोडिनुहोस
  • होमपेज
  • ३० वटा ‘फेसबुक आईडी ह्याक’ गरी साढे १४ लाख ठगी, एक युवतीसहित पाँच जना पक्राउ

३० वटा ‘फेसबुक आईडी ह्याक’ गरी साढे १४ लाख ठगी, एक युवतीसहित पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले विभिन्न व्यक्तिहरूको फेसबुक अकाउण्ट ‘ह्याक’ गरी लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरी नजिकका व्यक्तिहरूसँग पैसा मागेर ठगी गरेको आरोपमा प्रहरीले एक युवतीसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरुङ तथा कास्की घर भएकी सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई काठमाडौँको बसपार्क क्षेत्रको रेसुंगा बुटवल गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेको अवस्था पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो समूहले फेसबुक आईडी ह्याक गरेर उनीहरूको साथीलाई म्यासेन्जरबाट म्यासेज गरी ईसेवा र खल्तीलगायतका वालेटहरूमा पैसा हाल्न लगाई ठगी गर्ने गरेको पाइएको छ । यस समूहका सीमान्त लामाले आईडी ह्याक गर्ने गर्थे भने अमन्त लामाले विभिन्न बहानामा रकम माग्ने गरेको खुलेको छ । शुभेच्छा र अनुपको काम भनेको वालेटमा आएको रकम झिक्ने थियो । रोहनले भने उनीहरूलाई सीमकार्ड उपलब्ध गराउने गरेको उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

उनीहरुले अहिलेसम्म विभिन्न व्यक्तिको ३० वटा फेसबुक आईडी ह्याक गरेका पाइएको छ । हालसम्म २२ जना पीडितहरू कार्यालयको सम्पर्क आएको र हालसम्म यसबाट उनीहरूले १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर ठगी तथा विद्युतीय कारोबोर ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका