जोडिनुहोस
  • होमपेज
  • त्रिभुवन विमानस्थलमा आजदेखि उत्तरबाट जहाज अवतरण बन्द

त्रिभुवन विमानस्थलमा आजदेखि उत्तरबाट जहाज अवतरण बन्द

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी बिन्दूबाट जहाज अवतरण गर्न नपाइने भएको छ ।

एक मात्र धावनमार्ग रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि दुवै बिन्दूबाट जहाज अवतरण हुँदै आएकोमा अब तीन महिनाका लागि उत्तरी बिन्दूबाट अवतरण गर्न नपाइने भएको हो । विमानस्थलभित्र पूर्वाधार निर्माणका काम भइरहेकाले उत्तरबाट जहाज अतरण रोकिएको हो ।

उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको विस्तार भइरहेको हो । तीन महिनाभित्र यो काम सकिने लक्ष्य विमानस्थल राखेको छ । त्यसपछि काठमाडौं विमानस्थलको धावनमार्गको क्षमता थप वृद्धि हुने भएको छ ।

काठमाडौं विमानस्थलको धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर छ । उत्तरबाट अवतरणरउडान गर्न नपाइने र पूर्वाधार विस्तार गर्नुपर्ने भएकाले चालकदलले जहाजलाई उत्तरतर्फको अल्फा ट्याक्सी–वेबाट माथि जहाज लैजान पाउने छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका