जोडिनुहोस
  • होमपेज
  • देउवाले ३ भन्दा बढी सिट दिन्न भनेपछि बैठकबाट निस्किए शेखर–गगन

देउवाले ३ भन्दा बढी सिट दिन्न भनेपछि बैठकबाट निस्किए शेखर–गगन

सत्तारूढ दल नेपाली कांग्रेसका संस्थापन र संस्थापनइतर समूहका नेताहरू केन्द्रीय कार्यसम्पादन समिति बैठक सारेर आन्तरिक छलफलमा छन् । सभापति देउवा निवासमा इतर समूहका नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्कालगायतको बैठक बसेको थियो । सभापति शेरबहादुर देउवा पक्षबाट उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरू छन् । बैठकमा कांग्रेस संस्थापनइतर समूहले ४ सिट मागेका थिए । तर, सभापति देउवाले ३ सिट मात्र दिन्छु भन्ने अडान लिएका थिए ।

त्यसपछि पनि छलफल
एको थियो तर छलफलमा निष्कर्ष नजुटेपछि देउवा निवासबाट संस्थापन इतर समूहका नेताहरू निस्किएका हुन् । दुई समूहको विवाद नमिलेपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक ४ बजेलाई सारिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका