जोडिनुहोस
  • होमपेज
  • प्रहरी संगठनहरू बलियो बनाउनका लागि जनताको सेवा गर्नुपर्नेमा गृहमन्त्री लामिछानेको जोड

प्रहरी संगठनहरू बलियो बनाउनका लागि जनताको सेवा गर्नुपर्नेमा गृहमन्त्री लामिछानेको जोड

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । गृहमन्त्री लामिछानेले प्रहरी संगठनहरू बलियो बनाउनका लागि जनताको सेवा गर्नुपर्ने बताए ।

नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग खुशीयाली साटासाट गर्न पुगेका गृहमन्त्री लामिछानेले जनताका गुनासा यथोचित ढंगबाट समाधान हुने प्रतिबद्धता पनि बताए । प्रहरी संगठनमा रहेकाहरू जनताको सेवामा खटिनुपर्ने उनको भनाइ थियो ।

गृहमन्त्री लामिछानेले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाइएको पनि बताए । उनले काठमाडौंमा २४ सै घण्टा सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्ने बताए । त्यसको सुनिश्चितता व्यवसायीमा हुनुपर्ने उनको भनाइ थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका