जोडिनुहोस
  • होमपेज
  • एक सय ५० किलो गाँजासहित सात जना पक्राउ

एक सय ५० किलो गाँजासहित सात जना पक्राउ

मनहरी गाउँपालिका-४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैधलागूऔषध गाँजा १ सय ५० किलोसहित सात जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिका-३ बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका-४ बस्ने २८ वर्षीय बम बहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय बिरमान प्रजा, मनहरी गाउँपालिका-३ हाँडी खोला बस्ने ४४ वर्षीय रामहरि लुइँटेल र सोही गाउँपालिका-५ बस्ने ३६ वर्षीय दीपक थापा मगर रहेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज लामिटारका कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजा बोरामा बोकेर पर्सा जिल्लातर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका