जोडिनुहोस
  • होमपेज
  • महिला टी-ट्वान्टी विश्वकप : भारतको लगातार दोस्रो जित

महिला टी-ट्वान्टी विश्वकप : भारतको लगातार दोस्रो जित

काठमाडौं । साबिक उपविजेता भारतले दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ ।

बुधबार भएको खेलमा वेस्ट इण्डिजलाई ६ विकेटले पराजित गरेर साबिक उपविजेताले विजयी यात्रा जारी राखेको हो । वेस्ट इण्डिजले दिएको १ सय १९ रनको लक्ष्य भारतले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा रिचा घोषले ३२ बलमा अविजित ४४ रन बनाउँदा कप्तान हर्मनप्रित कौरले ४२ बलमा ३३ रन बनाईन् । शफाली बर्मा २८ रनमा आउट हुँदा स्मृती मान्धनाले १० रन बनाईन् ।

वेस्ट ईण्डिजका लागि करिष्मा रामहाराक्कीले २ तथा हाईली म्याथ्यु र चाईनिलि हेनरीले समान १/१ विकेट लिईन् । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।

वेस्ट इण्डिजका लागि स्टेफानी टेलरले ४० बलमा ४२ तथा शेमानी च्याम्पबेलले ३६ बलमा ३० रन बनाईन् । चिडियन नेशनले १८ बलमा अविजित २१ रन बनाउँदा शबिका गजनबी १५ रनमा आउट भईन् ।

भारतका लागि दिप्ती शर्माले ३ तथा पूजा भास्कर र रेनुका सिंहले समान १/१ विकेट लिईन् । पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको भारत समूह ‘बी’ मा २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित वेस्ट ईण्डिज २ खेलमा अंक बिहिन रहेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

आज नै हुने दोस्रो खेलमा समूह ‘बी’ मा रहेका पाकिस्तान र आयरल्याण्डबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार बेलुका १०ः४५ बजे आयोजना हुनेछ ।

पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजिमा रहेका छन् । पाकिस्तान भारतसँग पराजित भएको थियो । आयरल्याण्डलाई भने इंग्ल्याण्डले पराजित गरेको थियो ।

दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा दुवैले समान २२ खेल जित्दा १ खेल भने नतिजाबिहिन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका