जोडिनुहोस
  • होमपेज
  • लिखु हाइड्रोपावरको दादागिरीः विच बाटोमा शव छाडेर हाइड्रोपावरका प्रतिनिधि फरार

लिखु हाइड्रोपावरको दादागिरीः विच बाटोमा शव छाडेर हाइड्रोपावरका प्रतिनिधि फरार

रामेछाप – बुधबार राति रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका – १ कोरेमस्थित विच बाटोमै शव छाडेर लिखु हाइड्रोपावरका प्रतिनिधि फरार भएका छन् । लिखु हाइड्रोपावरमै कार्यरत रामेछापको गोकुलगंगा गाउँपालिका –१ साङ्बाडाँडाका कैलाश कार्कीको शव विच बाटोमै छाडेर हाइड्रोपवरका प्रतिनिधि फरार भएका हुन् ।

हाइड्रोपावरमा कार्यरत कार्कीको मृत्यु भएको खबर सुनेलगत्तै छिमेकी जिल्ला सोलुखुम्बुको लिखुपिके गाउँपालिका –३ का वडा अध्यक्ष धुर्बबहादुर बस्नेत बुधबार राती ९ बजे उमाकुण्ड गाउँपालिका –१ कोरेममा पुगेका थिए । मृतक कार्कीको शबलाई गाडीमा राखि हाइड्रोपावरका प्रतिनिधिले रातारात कुदाउँदै गरेको देखेपछि वडाध्यक्ष बस्नेतले बिचबाटोमै गाडी रोकेका थिए । गाडी रोकेसँगै हाइड्रापावरका सवै प्रतिनिधि विच बाटोमै शव छाडेर फरार भएको बस्नेतले बताए ।

वडा अध्यक्ष बस्नेतले भने, ‘हाइड्रोपावरमा कार्यरत कार्कीको मृत्यु भएको खबर सुनेपछि बास्तविकता बुझ्न हामी घटास्थलतर्फ गइरहेका थियौं, विच बाटोमै हाइड्रोपावरका प्रतिनिधि रातारात शव लिएर कुदिरहेको भेटियो, मैले गाडी रोकेर सोधखोज गर्ने वित्तिकै सबै व्यक्ति शब छाडेर फरार भए ।’ हाइड्रोपावरका प्रतिनिधिले विचबाटोमै शवलाई अपलत्र छाडेर फरार भएपछि साङ्बाडाँडाबाट पुगेका मृतकका आफन्त, स्थातियबासी र स्थानिय प्रहरी रातभर विच बाटोमै शव कुरेर बस्न बाध्य बने ।

विहीबार विहान सम्म पनि शब कोरेमस्थित बीच बाटोमै रहेको वडाध्यक्ष बस्नेतले बताए । उनले भने, ‘हाइड्रोपावरको यतिसम्म लापरवाही देखियो की उनिहरुलाई आफ्नै कर्मचारीको मृत्यु हुँदा समेत बिच बाटोमा शवलाइ अलपत्र छाडेर हिडे ।’ अहिले मृतकका आफन्त, लिखुपिके गाउँपालिका – ३ का वडा अध्यक्ष धुर्वबहादुर बस्नेत, लिखुपिके गाउँपालिका–४ का वडा अध्यक्ष हिक्मत बस्नेत, स्थानिय प्रहरीलगायत सडकमै शब कुरेर बसेका छन् ।

हाइड्रोपावरका प्रतिनिधिले शव बिचमै छाडेर फरार भएपछि विहिबार विहान सम्म पनि कुनै वास्ता नगरेपछि आक्रोशीत बनेका मृतकका आफन्त र स्थानिय जनप्रतिनिधिले हाइड्रोपावरका कार्यालयमा ताला लगाएर काम ठप्प पार्ने चेतावनी दिएका छन् । अहिले मृत्यको घटनाबारे अनुसन्धान गरी उचित न्याय नमिलुञ्जेल शव नउठाउने आफन्तहले बताएका छन् । हाइड्रपावरमा कार्यरत कार्कीको बुधबार साँझ करिव ५ बजेको समयमा ड्याममा खसेर मृत्युभएको बताइएपनि घटनाबोर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका