जोडिनुहोस
  • होमपेज
  • डर्टमण्डलाई हराउँदै चेल्सी क्वार्टरफाइनलमा

डर्टमण्डलाई हराउँदै चेल्सी क्वार्टरफाइनलमा

काठमाडौँ- चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति अन्तिम १६ को दोस्रो लेगमा डर्टमण्डलाई २–० ले हराउँदै चेल्सी समग्रमा २–१ को नतिजा सहित अन्तिम ८ मा प्रवेश गरेको हो ।

घरेलु मैदान स्टामफोर्डब्रिजमा रहेको खेलमा चेल्सीलाई जित दिलाउन रहिम स्टर्लिङ र काइ हभार्ट्जले गोल गरे ।

खेलको ४३ औं मिनेटमा स्टर्लिङले गोल गर्नुअघि चेल्सीले धेरै अवसरलाई खेल फालेको थियो । डिबक्समा प्राप्त बललाई स्टर्लिङले पोस्टको दिशा दिएका थिए ।

दोस्रो हाफमा हभार्ट्सले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पुनरागमन जित दिलाउन भुमिका खेले । डिबक्सभित्र ह्याडबलमा चेल्सीले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

घरेलु मैदानमा पुनरागमन जित निकाल्ने क्रममा चेल्सीले डर्टमण्डको सबै प्रतियोगितामा १० को अपराजित यात्रालाई टुङ्गो समेत लगायो ।

डर्टमण्डले घरेलु मैदानमा भएको पहिलो लेगमा १–० को अग्रता लिएको थियो ।

पछिल्लो जितले चेल्सी प्रशिक्षक ग्राहम पोटरलाई ठुलो राहत दिएको छ । चेल्सीको लगातारको खराब नतिजाका कारण उनीमाथि दबाब थपिएको थियो ।

अर्को खेलमा पोर्चुगिज कलब बेन्फिाकाले दोस्रो लेगको खेलमा बेल्जियमको क्लब ब्रुग्समाथि ५–१ को फराकिलो जित निकाल्यो । उसले पहिलो लेगमा प्राप्त २–० को अग्रतालाई मिलाएर समग्रमा ७–१ को नतिजा सहित अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका