जोडिनुहोस
  • होमपेज
  • भारतको गोवामा हुने एससीओ बैठकमा चीनका विदेशमन्त्री छिन काङ सहभागी हुने

भारतको गोवामा हुने एससीओ बैठकमा चीनका विदेशमन्त्री छिन काङ सहभागी हुने

बेइजिङ– भारतको गोवामा गोवामा हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) विदेश मन्त्रीहरूको बैठकमा चिनियाँ विदेशमन्त्री छिन काङ सहभागी हुने भएका छन् ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बैठकमा छिन काङले अन्य एससीओ सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्थाका बारेमा विचार आदानप्रदान गर्ने छन्।

एससीओ विदेश मन्त्रीहरूको बैठक मे ४ र ५ मा गोवामा हुनेछ।

“बैठकमा राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री छिन काङले यस वर्षको एससीओ शिखर सम्मेलनको पूर्ण तयारीका साथ अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्था र विभिन्न क्षेत्रमा एससीओ सहयोगलगायत अन्य विषयमा एससीओ सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग विचार आदानप्रदान गर्ने प्रवक्ताले बताएका छन्।

यसअघि, चीनका रक्षामन्त्री जनरल ली साङ्फु गत महिना एससीओ अन्र्तगत रक्षा मन्त्रीहरूको बैठकमा भाग लिन दिल्ली पुगेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका