जोडिनुहोस
शुक्रबार, फाल्गुन ११, २०८०
शुक्रबार, फाल्गुन ११, २०८०
  • होमपेज
  • भिजिविलिटी बढेसँगै काठमाडौंमा उडान–अवतरण सामान्य हुँदै

भिजिविलिटी बढेसँगै काठमाडौंमा उडान–अवतरण सामान्य हुँदै

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा शुक्रबार बिहानैबाट प्रभावित भएको उडान–अवतरण सामान्य बन्दै गएको छ । काठमाडौं विमानस्थलमा बिहान भिजिविलिटी १५ सय मिटर भन्दा कम हुँदा अधिकांश आन्तरिक र बाह्य उडानका जहाजको उडान प्रभावित भएको थियो ।

विमानस्थल कार्यालयका अनुसार अहिले भिजिविलिटी ३ हजार मिटर पुगेको छ । जसले गर्दा उडान सामान्य बनेको छ । यसअघि अवतरण गर्ने जहाजहरु भीएफआर प्रणालीबाटै अवतरण गराउनु परेको छ । जसले गर्दा अवतरणलाई केही समय लाग्ने हुँदा आकाशमा जहाजहरु लाइनमा बस्नु परेको थियो ।

अहिले भने होल्डमा रहेका सबै जहाज अवतरण भइसकेका छन् । आज बिहान नेपालगन्जबाट आएको श्री एयरलाइन्सको जहाजलाई भद्रपुर पठाइएको थियो ।

क्वालालाम्पुरबाट आएको जहाजलाई कोलकाता पठाइएको थियो । अन्य उडानका जहाज भने होल्डपछि अवतरण भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका