जोडिनुहोस
  • होमपेज
  • तीन लाख कम्पनीमा पब्लिक एक प्रतिशत तल

तीन लाख कम्पनीमा पब्लिक एक प्रतिशत तल

काठमाडौं, नेपालमा करिब ३ लाख कमपनी दर्ता भएपनि पब्लिक लिमिटेड कम्पनीको संख्या अत्यन्तै न्यून छ । सरकारी तथ्यांकअनुसार पुस मसान्तसम्ममा २ लाख ९९ हजार ७ सय ११ वटा कम्पनी दर्ता भएका छन् । यीमध्ये ९९.३७ प्रतिशत प्राइभेट लिमिटेड (प्रा.लि.) का रुपमा दर्ता भएका छन् भने ०.६३ प्रतिशत पब्लिक लिमिटेड छन् ।

कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार शेखरबाबु कार्कीका अनुसार पुस मसान्तसम्ममा २ लाख ९२ हजार ९ सय ३० प्राइभेट लिमिटेडका रुपमा कम्पनी दर्ता भएका छन् । यो अवधिसम्म पब्लिक लिमिटेडका रुपमा दर्ता हुने कम्पनीको संख्या १ हजार ८ सय ६१ मात्र छ ।

कम्पनी ऐन २०६३ अनुसार प्राइभेट लिमिटेडका कम्तीमा एक जना र बढीका एक सय जनासम्म सेयरधनी हुन पाउने व्यवस्था छ । पब्लिक कम्पनीको सेयरधनी भने कम्तिमा सात जना र बढीमा जतिसुकै पनि राख्न पाउने व्यवस्था छ ।

कारोबार दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका