जोडिनुहोस

समाचार

धनुषामा ६ जना थुनुवा फरार

धनुषामा ६ जना थुनुवा फरार

जनकपुरधाम, धनुषामा ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका हुन् ।

उनीहरू राति दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

डीएसपी क्षेत्रीकाअनुसार दुईजना हातहतियार, दुईजना लागुऔषध र अन्य दुईजना अभद्र व्यवहार मुद्दामा थुनामा रहेकाहरु फरार भएका हुन् । उनीहरूको खोजी कार्य तीब्र बनाइएको छ ।

उनीहरू थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएको इलाका प्रहरी कार्यालय महेन्द्रको प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका