जोडिनुहोस

समाचार

अझै हुन सकेन गाउँ सभा

अझै हुन सकेन गाउँ सभा

काठमाडौं, सिन्धुली जिल्लामा माघ महिनाको दोस्रो साता बित्दा पनि चारवटा पालिकाले अझै गाउँ सभा गर्न सकेका छैनन् । जिल्लाका हरिहरपुरगढी, गोलन्जोर, सुनकोसी र मरिण गाउँपालिकाले तयारी नपुगेको बताउँदै आएका छन् ।

जिल्लाका नौवटा पालिकामध्ये कमलामाई, दुधौली नगरपालिका, घ्याङलेख, तीनपाटन र फिक्कल गाउँपालिकाले हिउँदे अधिवेशन (गाउँ र नगर सभा) पुस मसान्तभित्र गरिसकेका छन् ।

सामान्यतया पुस मसान्तभित्रै गरी सक्नुपर्ने हिउँदे अधिवेशन चालू आर्थिक वर्षका लागि विनियोजित बजेट र नीति तथा कार्यक्रमको प्रगतिमाथि छलफल, योजना संशोधन, कार्यक्रमको समीक्षा र ऐन, कानुन, कार्यविधि पारितलगायतका काम गर्न महत्त्वपूर्ण मानिन्छ ।

सुनकोसी गाउँपालिकाका अध्यक्ष दीपा बोहोराले हिउँदे अधिवेशन गर्न तयारी नपुगेकाले फागुन महिनाको पहिलो शुक्रबार गर्ने निर्णय कार्यपालिका बैठकले गरेको जानकारी दिनुभयो ।

गोरखापत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका