जोडिनुहोस
  • होमपेज
  • इरानी जेलमा रहेकी नोबेल पुरस्कार विजेता मोहम्मदीद्वारा अनसन तोडेको घोषणा

इरानी जेलमा रहेकी नोबेल पुरस्कार विजेता मोहम्मदीद्वारा अनसन तोडेको घोषणा

इरानी जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोड्नुभएको छ ।

तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिलामाथि हुँदै आएको उत्पीडनविरुद्धको लडाइँका लागि’ अक्टोबरमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिको केही समयपछि सार्वजनिक ठाउँमा महिलाका लागि अनिवार्य गरिएको हिजाब लगाउन मोहम्मदीले इन्कार गर्दै आउनुभएको छ ।

हिजाब लगाउनुपर्ने शर्तविना नै उहाँलाई उपचारका लागि अस्पतालमा भर्ना गराएपछि अनसन तोडेको मोहम्मदीको परिवारलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । उहाँ मुटु र फोक्सोको समस्याबाट पीडित हुनुहुन्छ । इरानमा हिजाब अनिवार्य गरिएको छ तर अधिकारकर्मीले विरोध गर्दै आएका छन् ।

पहिलो पटक २२ वर्षअघि पक्राउ परेकी मोहम्मदीले इरानमा मानव अधिकारका लागि अभियान चलाएको आरोपमा धेरै समय जेलभित्र बिताउनुभएको छ । सन् २०२१ को नोभेम्बरदेखि जेलमा रहेकी उहाँले आठ वर्षदेखि फ्रान्समा रहेका आफ्ना छोराछोरीसँग भेट गर्न पाउनुभएको छैन ।

सन् २०२२ को सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको हिरासतमा ज्यान गएपछि जेलबाट नै इरानमा महिनौँ लामो विरोध प्रदर्शनको नेतृत्व गरेकी मोहम्मदीलाई नोबेल पुरस्कार दिने घोषणा गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका