जोडिनुहोस
  • होमपेज
  • क्यान निर्वाचन जेठमा हुने

क्यान निर्वाचन जेठमा हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी जेठमा हुने भएको छ । पोखरामा बसेको क्यानको बोर्ड बैठकले निर्वाचन जेठमा गर्ने निर्णय गरेको हो ।

निर्वाचनको मिति भने सुर्खेतमा आगामी फागुन १४ र १५ गते हुने साधारणसभाले तय गर्नेछ ।

यस्तै नेपाल टी-ट्वान्टी लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले लिगमा विभिन्न विवादका कारण आलोचनापछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका छन् ।

गतवर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए । त्यस्तै बोर्ड बैठकले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

क्यानकै ६ केन्द्रीय सदस्यले नेपाल टी-ट्वान्टी लिगमा भएका विविध गल्तीको जिम्मेवारी लिदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएका थिए ।

केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गर्दै बोर्ड बैठक छाडेका थिए ।

उनीहरुले आइतबार पत्रकार सम्मेलन गर्दै कार्य सम्पादन समितिको राजीनामा माग गरेका थिए ।

नेपाल टी-ट्वान्टी लिगको स्पट फिक्सिङ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँगको सम्झौता क्यान नेतृत्वको जानाजान गरेको गल्ति भएको उनीहरुको आरोप छ ।

नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका