जोडिनुहोस
  • होमपेज
  • शेयर बजारमा उच्च अंकको गिरावट

शेयर बजारमा उच्च अंकको गिरावट

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा घटेको छ । बिहीबार नेप्से परिसुचक २२.१२ अंकले ओरालो लागेर २०९४.५४ विन्दुमा आएर रोकिएको छ । बुधबार नेप्से परिसुचकमा ४.९७ अंकले वृद्धि भएको थियो । सोही दिन १ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।

बिहीबार १९ कम्पनीमा उकालो लागेको छ भने १९४ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थिर रहेको छ । बिहीबार २५७ कम्पनीको कारोबार भएको र ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब १० करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, एनआईसी एशिया बैंकको ५ करोड ५० लाखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । सबै उपसूचकहरू राताम्मै भएको छ । सबैभन्दा धेरै जीवन बिमा र हाइड्रो पावरको २ प्रतिशतले मूल्य घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका