जोडिनुहोस
  • होमपेज
  • थप हतियारका निम्ति युक्रेनी राष्ट्रपतिको अनुरोध

थप हतियारका निम्ति युक्रेनी राष्ट्रपतिको अनुरोध

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलव्ध गराउन आग्रह गरेका छन् । साथै उनले युक्रेनलाई शीघ्र संघको सदस्यता प्रदान गर्न अनुरोध पनि गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनलाई युद्ध जित्नका लागि लामो समयसम्म अथक सहयोग गर्न संघका नेताहरूले सहमति जनाएका बताए।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किएभले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन थप हतियार सहायता माग गरेको हो ।

युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले पनि युक्रेनलाई सघाउने बाचा गरे । आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले नयाँ १० अर्ब युरो प्रतिबन्ध प्याकेजले रूसलाई आवश्यक पर्ने सैन्य सामानहरूबाट वञ्चित गर्ने बताएका छन् ।

यसअघि जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने घोषणा गरेका थिए

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका