जोडिनुहोस
  • होमपेज
  • स्पेनिस ला लिगा : रियलको फराकिलो जित

अन्तर्राष्ट्रिय

स्पेनिस ला लिगा : रियलको फराकिलो जित

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन ४, २०७९
स्पेनिस ला लिगा : रियलको फराकिलो जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले इल्चेलाई ४-० गोल अन्तरले हराएको हो ।

रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । मार्को एसेन्सियो र लुका मोड्रिचले एक एक गोल गरे । खेलको आठौं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

३१ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दा रियलको अग्रता दोब्बर बन्यो ।

 

पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गरेपछि रियल ३-० ले अघि रह्यो । त्यसपछि खेलको ८० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ४-० को जित दिलाए ।

जितसँगै रियलले २१ खेलमा ४८ अंक जोडेको छ । रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी समेत घटाएको छ ।

बार्सिलोनाको ५६ अंक रहेको छ । इल्चे ९ अंक जोडेर पुछारमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका