जोडिनुहोस
  • होमपेज
  • जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ— राष्ट्रिय जनमोेर्चा पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरू पुगेर ज्ञापन पत्र बुझाएका हुन्।

पछिल्ला राजनीतिक विषयवस्तु र समसामयिक घटनाक्रमका बारेमा प्रधनमन्त्रीको ध्यानाकर्षण गराउनेगरी ज्ञापनपत्र बुझाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अध्यक्ष केसीसहित उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका