जोडिनुहोस
  • होमपेज
  • सरकारले सिंहदरबार प्रवेश गर्न फोटो र प्रवेश अवधिसहितको पास वितरण गर्ने

सरकारले सिंहदरबार प्रवेश गर्न फोटो र प्रवेश अवधिसहितको पास वितरण गर्ने

सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदबारमा प्रवेश गर्ने आगन्तुकका लागि फोटो र प्रवेश अवधिसहितको केन्द्रीय पास वितरण गर्ने तयारी गरेको छ । पास वितरण तयारी गर्न केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको हो । शुक्रबार मुख्यसचिव शंकरदास बैरागीको संयजकत्वमा बसेको बैठकले कम्प्यूटर प्रणालीमा आधारित फोटो र अवधिसहितको पास वितरण गर्न गृह सचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिएको हो । बैठकले सिंहदरबारको पश्चिम प्रवेशद्धार बाहेक अन्य प्रवेशद्धारबाट कर्मचारीलाई प्रवेश गर्न र बाहिर जाने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ ।

सवारीचालक अनुमतिपत्र वितरणमा देखिएका संस्थागत, नीतिगत र कानुनी समस्या सुल्झ्याउन भौतिक पूर्वाधार तथा यातायात सचिवलाई समितिले निर्देशन दिएको छ । बैठकले सिंहदरबार तथा अन्य सरकारी कार्यालयहरुमा टेलिफोन, विजुलीबत्ती र ईन्टरनेट सेवा अवरुद्ध भईरहने समस्या समाधान गर्न नेपाल टेलिकम, राष्ट्रिय सूचना प्रविधि केन्द्र र विद्युत प्राधिकरणले आपसी समन्वय गर्न निर्देशन दिएको छ।

राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र र राहदानी वितरणको प्रक्रियालाई तीन महिनाभित्र विद्युतीय प्रणालीलाई लैजान बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। फलफूल तथा तरकारीको विषादी परिक्षणको नतिजा सार्वजनिक गर्ने , परिक्षणको प्यारामिटर बढाई नियमतिरुपमा सबै कार्यालयबाट फिल्डमा गई परीक्षण गर्ने व्यवस्था मिलाउन र भन्सार विन्दुहरुमा गरिने विषादी परीक्षण व्यवस्थित, भरपर्दो र नियमित गर्न मुख्यसचिव बैरागी कृषी तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले निजी क्षेत्रलाई समेत तोकिएको मापदण्डका आधारमा ल्याव सञ्चालनको अनुमति दिने सम्बन्धमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधिसहितको सम्मिलित टोलीले अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका