जोडिनुहोस
  • होमपेज
  • भूगोल इनर्जीको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन सक्ने

भूगोल इनर्जीको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन सक्ने

काठमाडौँ । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरूका लागि साधारण सेयर आईपीओ बिक्री खुलाएको छ । कम्पनीले आजदेखि जार पुँजीको १० प्रतिशत दरले स्थानीयवासीलाई आईपीओ बिक्री खुलाएको हो ।

कम्पनीको जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाएको हो । कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित ५ लाख ४४ हजार ५३ कित्ता सेयर छुट्याएको छ ।

यसमध्ये आयोजनाबाट अति प्रभावित नौमुले द्वारीका स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ । यस्तै, दैलेख जिल्लावासीका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरबाट वैदेशिक रोजगारीमा रहेकाहरूलाई १ लाख ८ हजार ८११ कित्ता सेयर बिक्री खुलाइएको छ । यो आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरूलाई छिटोमा फागुन २५ गतेसम्ममा आवेदन दिन पाउनेछन् । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका