जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय सभा सदस्य अली वजीर दुई वर्षमा रिहा 

अन्तर्राष्ट्रिय

राष्ट्रिय सभा सदस्य अली वजीर दुई वर्षमा रिहा 

  • Sagarmatha TV
  • मङ्लबार, फाल्गुन ९, २०७९
राष्ट्रिय सभा सदस्य अली वजीर दुई वर्षमा रिहा 

कराँची– दक्षिण वजिरिस्तानका राष्ट्रिय सभा सदस्य अली वजीर दुई वर्षभन्दा बढी कैदपछि फ्रेबुअरी १५ मा कराँचीको केन्द्रीय जेलबाट रिहा भएका छन्।

विभिन्न देशद्रोहका मुद्दामा उनलाई डिसेम्बर ३१, २०२० देखि कराँचीको जेलमा थुनिएका थिए । उनको विरुद्ध दर्ता भएको अन्तिम मुद्दामा अदालतले जमानत दिएपछि रिहा गरिएको उनका वकिल अधिवक्ता कादिर खानले पुष्टि गरे।

उनलाई आतंकवाद विरोधी अदालतले एउटा मुद्दामा सफाइ दिएको थियो भने कराचीमा उनीविरुद्ध दर्ता भएका तीनवटा मुद्दामा जमानत दिएको थियो।

त्यस्तै, खैबर पख्तुनख्वामा वजिरविरुद्ध तीनवटा मुद्दा परेका थिए, जसमध्ये उनले यसअघि दुईवटा मुद्दामा धरौटी पाएका थिए भने तेस्रो मुद्दामा मंगलबार धरौटीमा रिहा भएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका