जोडिनुहोस
  • होमपेज
  • गण्डकीको भौतिक पूर्वाधारमन्त्रीमा दीपक मनाङे नियुक्त

गण्डकीको भौतिक पूर्वाधारमन्त्रीमा दीपक मनाङे नियुक्त

काठमाडौं। नेकपा एकीकृत समाजवादी छाडेर स्वतन्त्र बनेका सांसद दीपक मनाङे गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका छन् ।

उनी सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका हुन् ।

मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ ।

मन्त्री नियुक्त भएका उनले आजै पद तथा गोपनीयताको शपथ लिने बताईएको छ । यसअघि सत्तामा रहेको माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि रिक्त रहेको मन्त्रालयमा मनाङेलाई ल्याएर मुख्यमन्त्री पाण्डे सरकार जोगाउन लागिपरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका