जोडिनुहोस
  • होमपेज
  • कांग्रेस कोर्स करेक्सन गरेर अघि बढेको छ : विमलेन्द्र निधि

कांग्रेस कोर्स करेक्सन गरेर अघि बढेको छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीको कार्यक्रममा उनले कांग्रेसले पहिले गठबन्धनलाई निरन्तरता दिन नसकेपनि राष्ट्रपति निर्वाचनअघि कोर्स करेक्सन गरेको बताएका हुन् ।

‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौं । तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौं । तर अहिले पुनः नेपाली कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेका छौं । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ’ उनले भने ।

नेता निधिले अहिले बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जाने बताए । शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले राष्ट्रपति निर्वाचनमा मिलेर जाने सहमति गरेका थिए । सो गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी मनोनयन गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका