जोडिनुहोस
  • होमपेज
  • दुई वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुन्छः घिसिङ

दुई वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुन्छः घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले सरकारले लिएको लक्ष्यअनुसार नेपाल पूर्ण विद्युतीकरण हुने बताएका हुन् । उनले भने, ‘सरकारको लक्ष्यअनुसार आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरणका सबै योजना अघि बढेका छन् ।’

उनले प्रतिव्यक्ति विद्युत खपत २ वर्षअघि २३५ युनिट प्रतिव्यक्ति रहेको भन्दै यतिबेला बढेर २८० युनिट प्रतिव्यक्ति पुगेको बताए । यस्तै, विगत २ वर्षमा उद्योगले मागेजति बिजुली दिएको उनको भनाइ छ । यस अवधिमा ८०० एमभीएको विद्युतको लोड स्वीकृत गरिएको पनि उनले जानकारी दिए ।

यस्तै, प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढेको पनि उनले बताए । त्यसका लागि प्राधिकरणको क्रेडिट रेटिङ इक्रा नेपालबाट गराउँदा डबल ए प्लस प्राप्त गरेको घिसिङले बताए । प्राधिकरण ऐन २०४१ अनुसार शेयर जारी गर्न लागिएको घिसिङको भनाइ छ । उनले प्राधिकरणको सम्पत्ति मूल्यांकन कार्य सकिएको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार १२ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड रूपैयाँ पुगेको थियो ।

गत आर्थिक वर्षमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको सतह घट्दा प्राधिकरण र नीजी क्षेत्रको विद्युत उत्पादनमा ह्रास आएको र त्यसको नाफा घटेको घिसिङको तर्क छ । प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष ७८/७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष ७९/८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका